www.tandavnews.com
Fact ~ In search of truth

एमाले वडा अधिवेशनः पोखरा महानगरका कुन वडामा कसको नेतृत्व ? (सूचिसहित)

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमाले पोखरा महानगर अन्तर्गतका वडाहरुमा सर्वसम्मत रुपमा अध्यक्ष चुनिने क्रम जारी छ । हिजो सुरु भएको अधिवेशनमा सकभर सर्वसम्मतीमै नेतृत्व चयनको प्रयासमा रहेको र अधिकांश वडाहरुमा सर्वसम्मत रुपमै पदाधिकारीहरु चयन भैसकेको एमाले कास्कीका सचिव दामोदर बैरागीले ताण्डव न्यूजलाइ जानकारी दिए ।  त्यस्तै कास्कीका पाँचवटा स्थानीय तहका वडाहरुमा समेत अविधेशन सम्पन्न भएको उनले बताए ।

“सबै वडाहरुमा सर्वसम्मत गर्ने प्रयास गरेका छौँ महानगरका दुई/चार स्थानबाहेक धेरै ठाउँको विवरण आईसकेको छ” उनले भने ।

Batas

पोखरा महानगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

बैरागीले  दिएको जानकारी अनुसार पोखरा महानगरका वडा नं १ मा रामबिक्रम राणा, वडा नं २ मा दिपक शाह, वडा नं ३ मा सुरेन्द्र परियार र वडा नं  ४ मा शंकरबहादुर कोइराला चयन भएका छन् ।

त्यस्तै वडा नं  ५मा बिष्णु बराल, वडा नं ६मा बलराम पहारी, वडा नं ७ मा किशोर बराल चयन भए । त्यस्तै वडा नं १० मा सुर्य बानियाँ ११ मा मिन बहादुर गुरुङ, वडा नं १२मा बलराम ढुङ्गाना, वडा नं १३ मा निलकण्ठ सिग्देल वडा नं १४मा बटुकृष्ण कुंवर सर्वसम्मत चयन भएको बैरागीले जानकारी दिए ।

त्यसैगरी वडा नं १५ मा भोजबहादुर गुरुङको नेतृत्वमा ५ पदाधिकारी सहित ५१ सदस्यी कमिटि चयन भएको छ । वडा नं १७ मा रिषभ तिमिला, वडा नं १८मा पुष्कल थापा, वडा नं १९ मा विष्णु गौतम सर्वचम्मत चुनिएका छन् । वडा नं २२ मा राजेन्द्र बराल, वडा नं २४ मा शिवप्रसाद सुवेदी, वडा नं २५मा ऋषिराम पौडेल, वडा नं २७ मा सूर्यमणी लामिछाने, वडा नं २८मा रामकृष्ण तिवारी, वडा नं २९ मा प्रमोद भण्डारी सर्वसम्मत चयन भएका छन् । महानगरकै वडा नं ३० मा कृष्णप्रसाद अधिकारी, वडा नं ३१ मा चिरञ्जीवि वडा नं ३२मा चिरन्चीवी तिवारी र वडा नं ३३ मा दिपक लामिछाने चयन भए ।

महानगरको वडा नं ८, ९, १६, २०, २१, २३, र २६ मा सर्वसम्मतीको प्रयास जारी रहेको बैरागीले जानकारी दिए ।

अधिवेशनमा वडाका सबै पार्टी सदस्यता लिएकाले सर्वसम्मत वा मतदान गरेर नेतृत्व चुन्न पाउने अधिकार थियो । नेकपा एमाले निर्वाचन कमिटी कास्की अध्यक्ष टीकाराम पंगेनीले स्थानीय कमिटीको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिने यस अगाडी नै जानकारी दिएका थिए ।

पोखरा महानगरका वडाहरुमा चुनिएका अध्यक्षहरुको नामावली

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.