www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम बढेन

काठमाडौँ

लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २७.५१ अंकले बढेर २ हजार ५८४.५२ मा पुगेको हो । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा देखिएको सुधारसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्ससमेत ७.२४ अंकले बढेर ४९०.६८ मा पुगेको छ ।

Batas

नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने सस्तोमा समेटिएको छ । नेप्सेका अनुसार कूल २ सय २५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता सेयर रु २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ मूल्यमा खरिदबिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै सेयर मूल्य ओरालो लाग्यो भने १२ उपसमूहको सेयर उकालो लागेको छ । नेप्सेका अनुसार व्यापार उपसमूहको मात्रै सेयर मूल्य ओरालो लागेको छ । व्यापार ३२.४७ अंकले घट्दा बैंकिङ ६.१३, होटेल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत् ६५.१४, वित्त ८९.२५, निर्जीवन बीमा ३९.५५, उत्पादन १०५.५४, अन्य ५५.५४, लघुवित्त ५३.९४, जीवन बीमा ६७.३१, सामूहिक लगानी कोष ०.१४ र लगानी ०.३४ अंकले बढेको छ ।

कारोबारका आधारमा आइसिएफसी फाइनान्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ९१ लाख ८६ हजार ६ सय ५ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एसिया बैंक ९ करोड ३५ लाख १८ हजार ८ सय ३४, अरुण भ्याली हाइड्रोपावर रु ८ करोड ६४ लाख ६१ हजार ४ सय, युनाइटेड मोदी हाइड्रोपावर रु ८ करोड २२ लाख ७१ हजार ६ सय ३० र नबिल बैंक रु ८ करोड ७ लाख १२ हजार ३ सय ९७ बराबरको कारोबार भई शीर्ष ५ मा पर्न सफल भए ।

नेप्सेका अनुसार वेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिलायन्स फाइनान्स ८.९०, बरुण हाइड्रोपावर ८.५४ र युनाइटेड मोदीका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए ।

यस्तै, मेरो माइक्रोफाइनान्स १०, सानिमा बैंक ३.७८, रुरु जलविद्युत् परियोजना २.३७, कर्णली डेभलपमेन्ट बैंक २.२६ र आरबिबी म्युचुअल फन्ड एकका लगानीकर्ताले २.०२ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २३ खर्ब १८ अर्ब ४३ करोड १४ लाख ६६ हजार ९ सय ८७ बराबर पुगेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.