www.tandavnews.com
Fact ~ In search of truth

मुलुकभर पछिल्लो २४ घन्टामा ५ सय २२ संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं
मुलुकभरबाट पछिल्लो २४ घन्टामा ५ सय २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६ हजार ६१ वटा आरटिपिसिआर परीक्षण गर्दा ५ सय २२ र १ हजार ५ सय ६४ वटा एन्टिजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घन्टामा ८ सय ७७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घन्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.