www.tandavnews.com
Fact ~ In search of truth

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

काठमाडौं ।

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो ।

भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सहभागीता रहेको थियो ।

Batas

भेटमा नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई बुझाउने र सरकारले आवश्यक अनुसन्धान गरी कानूनसम्मत रुपमा मुद्दा फिर्ता लिने विषयमा छलफल भएको महान्यायधीवक्ता खातीले जानकारी दिए।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.