www.tandavnews.com
Fact ~ In search of truth

बाढीले ६ प्रदेशमा ८ अर्बभन्दा बढीको धानबालीमा क्षति

काठमाण्डौँ ।

बाढीले ६ प्रदेशमा ८ अर्बभन्दा बढीको धानबालीमा क्षति गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बागमती बाहेकका ६ वटा प्रदेशमा ८ अर्ब २१ करोड बराबरको धानबालीमा क्षति भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलका अनुसार बेमौसमी वर्षाले १ लाख ७१ हजार ७६ क्षेत्रफलको धान खेतीमा असर गरेको छ भने ७१ हजार ११ हेक्टर क्षेत्रफलको धान खेतीमा क्षति भएको छ । २ लाख ६९ हजार ८ सय ४२ मेट्रिक टन धान क्षति गरेको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशको बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा मात्रै ४ अर्व ५१ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

Batas

यस्तै गण्डकी प्रदेशमा १३ करोडको धानबालीमा क्षति गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदेशस्तरमा तथ्याङ्क संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा एक एक वटा कार्यटोली गठन गरेको छ ।सातै प्रदेशमा क्षति मूल्याङ्कन र राहतका लागि पर्सि मंगलवार सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवसँग छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.