www.tandavnews.com
Fact ~ In search of truth

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने

पोखरा, ताण्डव न्यूज

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात हुने अनुमान गरिएको छ । भोली र पर्सी देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.