www.tandavnews.com
Fact ~ In search of truth

नेपाल कोरोना अपडेटः ६ सय ७३ जना संक्रमित थपिए, १३ जनाको मृत्यु

नेपालमा हाल १० हजार ३ सय ६० जना सक्रिय संक्रमित

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पछिल्लो २४ घण्टामा ६ सय ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८ हजार २ सय ८४ जनामा आरटिपिसिआर परीक्षण गरिएकोमा ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी २ हजार ५ सय ८० जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ५ सय १ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३ सय ६१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै नेपालमा हाल १० हजार ३ सय ६० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.