www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः आज १ सय ४३ संक्रमित, कास्कीमा १ को मृत्यु

पोखरा, ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा १ सय ४३ जनाको कोभिड रिपोर्ट पोजेटिभ आएको छ । आज गण्डकीमा ८ सय २१ जनामा कोभिड परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपूर पूर्व १२, स्याङ्जा ९, बागलुङ ७, कास्की १ सय ७, तनहुँ २, पर्वत ३ र गोरखा ३ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ८० जना निको भएर घर फर्किएका छन् । त्यस्तै ३ सय ३३ जना होम आइसोलेसनमा रहेका छन् । भने ६ सय ७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आज गण्डकीमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका १६ का ५४ वर्षीय पुरुष रहेका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.