www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य सेवालाई अपांगता समावेशी बनाउन सरोकारवालाहरुको जोड

पोखरा, ताण्डव न्यूज

राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश कार्यलयको आयोजनामा पोखरामा भएको ‘अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य र पुनर्स्थापना तथा प्रादेशिक स्वास्थ्य नीतिमा सवाल समावेश’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सेवालाई अपांगता समावेशी बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयको तर्फबाट प्रस्तुतिकरण राख्दै कुष्ठरोग नियन्त्रण तथा अपांगता व्वस्थापन केन्द्र गण्डकी प्रदेशका निरीकक्षक लक्ष्मण बस्यौलाले विभिन्न नीतिले स्वास्थ्य सेवा प्रवाहामालाई अपांगता समावेशी बनाउनुपर्नेमा जोड दिएको भएता पनि प्रयाप्त बजेट र जनशक्तिको अभाव रहेको बताए । उनले आव २०७८/७९ मा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यको कार्यक्रमका लागि संघ र प्रदेश सरकारले बजेट विनियोजन नगरेको समेत जानकारी गराएका थिए ।

Batas

राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश कार्यलयको तर्फबाट प्रस्तुतिकरण राख्दै अध्यक्ष खोमराज शर्माले अपांगता भएका व्यक्तिहरुको शीघ्र पहिचानको लागि जनशक्ति र अस्पतालहरु क्षमता विकास गर्नुपर्ने, सहायक सामाग्री वितरण गर्दा नापचाँच गरी प्रयोग सम्बन्धी तालिमसहित वितरण गर्नुपर्ने बताए ।

उनले विभिन्न थेरापी सेवाहरु उपलब्ध गराउनुपर्ने, नियमित जाँच परामर्श र औषधिहरु निशुल्क उपलब्ध गराउनुपर्ने, अत्यावश्यक औषधि ‘फ्याक्टर’ नियमित आपूर्ति गर्नुपर्ने, तत्काल चाहिने मनोपरामर्श सेवा, रेफरल सेवा सरकारले उपलव्ध गराउनुपर्ने कुरामा जोड दिएका थिए । साथै स्वास्थ्य सेवालाई अपांगता समावेशी गराउन पहुँचयुक्त संरचान , सूचान प्रणाली, भवनहरु युनिभर्षल डिजाईनमा निर्माण, बहिरा अपांगता भएका व्यक्तिहरुका लागि दोभाषेको व्वस्था, अस्पतालका बेडहरु सोही बमोजिम निर्माण, स्वास्थ्य कर्मचारीहरुको व्यवहार, अपांगता सहायता कक्ष ‘हेल्प डेक्स’ लगायतका विषयहरुमा जोड दिएका थिए ।

उनले सरकार र स्वास्थ्य संस्थाहरुमा समेत अपांगता सेवाग्राहीहरुको यकिन तथ्यांक नभएकोले सेवा प्रवाहमा समस्या सिर्जना भएको जनाउँदै अबको स्वास्थ्य प्रणालीमा भौतिक संरचना र सुविधाहरूमा पहुँचयुक्तता, पुनर्स्थापना सेवाको वर्गीकरण, मानवस्रोतको वर्गीकरण, पालिकाको बार्षिक बजेटको बारेमा बोलका थिए ।

कार्यक्रममा अपांगता पहिचान र पुनर्स्थापनालार्इ अनिवार्य, विभिन्न तहमा चाहिने मानवस्रोतको नक्सांकन र मानवस्रोत विकासका लागि बजेट र कार्यक्रम, घरघरमा सेवा पुर्याउने रणनीति, अपांगता भएका व्यक्तिका स्वास्थ्य सम्बन्धी विशिष्ट आवश्यकताका लागि स्वास्थ्य बिमा सेवा, बहु अपांगता, सुनार्इ सम्बन्धी अपांगता भएका व्यक्तिहरू सेवा लिन आउँदा भोग्नुपर्ने समस्या, गलत व्यवहार र चुनौति दूर गर्न स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाका कर्मचारीलार्इ सचेतना, तालिम, अभिप्रेरणा र अनुगमन जस्ता कार्य गर्नसके अपांगता भएका व्यक्तिहरुले दुख पाउनु नपर्ने धारणा राखेका थिए ।

कार्यक्रमको अतिथिको रुपमा उपस्थित भएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गरेर उपचारमा सहजिकरण गर्न सकिने बताउँदै अस्पतालले सञ्चालन गरिरहेको सामाजिक सेवा इकाईलाफ अझै प्रभावकारी बनाउँदै लगिने र अपांगता भएका व्यक्तिहरुलाई समस्या भए आफूहरु सहजिकरण गर्न तयार रहेको बताए ।

प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख रमेश अधिकारीले प्रदेश स्वास्थ्य तालिम केन्द्रले सञ्चालन गर्ने तालिमरुमा अपांगता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गर्ने गरी तालिमहरु सञ्चालन गर्ने बताएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खडकाले अपांगता भएका व्यक्तिहरुका लागि योजना निर्माण गर्न यकिन तथ्यांकको अभाव रहेको र त्यस्का लागि मिलेर काम गर्नुपर्ने बताएका थिए ।

उनले हाल प्रदेशले निर्माण गरिरहेको स्वास्थ्य नीतिमा अपांगता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्न आफूले मन्त्रालयमा आवश्यक छलफल गर्ने जनाउँदै स्वास्थ्य नीतिले समेटन नसकेका विषयहरु सम्वोधन गर्न अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यका सवालहरु सम्वोधन गर्न छुट्ठै रणनीति बनाएर काम गर्न आफूहरु तयार रहेकोसमेत जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिम्सिनाले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यको विषय आफूलाई नयाँ भएको र उठेका विषयहरु सम्बोधनका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.