www.tandavnews.com
Fact ~ In search of truth

सरकारले कोरोना प्रभावितलाई रु १ अर्ब बराबरको कर्जा प्रवाह गर्ने

काठमाडौँ

सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा रु १ अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ उक्त परिमाणको कर्जा उपलब्ध गराइएको हो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलाई राहत उपलब्ध गराउने गरी सरकारले विशेष व्यवस्था गरेको छ ।

Batas

आव २०७७÷७८ र चालू आवको बजेटमा समेत कोरोना प्रभावित क्षेत्रलाई विशेष राहतको व्यवस्था गरेको छ । सो बैंकले समेत गत आव र चालू आवको मौद्रिक नीतिमा समेत व्यवसाय र उद्यमका पक्षमा विशेष नीतिगत प्रबन्ध गरेको छ ।

बैंकले सोमबार जारी गरेको चालू आवको दोस्रो महिनाको विवरणअनुसार कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा रु एक अर्ब स्वीकृत भएको जनाएको छ ।

यस्तै केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत भदौ मसान्तमा रु १ खर्ब १८ अर्ब ८५ करोड बराबरको छ । सो अवधिसम्म १ लाख २० हजार ७ सय १५ ऋणीले सहुलियतपूर्ण कर्जा प्रवाह लिएका छन् ।

उक्त कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २ सय ७२ ऋणी लाभान्वित छन् । ती ऋणीले रु १ खर्ब २१ अर्ब ६ करोड कर्जा लिएका छन् । महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६ सय ९० महिला उद्यमी लाभान्वित भएका छन । सो शीर्षकमा रु ६२ अर्ब ३७ करोड कर्जा उपयोग भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ५३ ऋणी लाभान्वित भएको केन्द्रीय बैंकले जनाएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.