www.tandavnews.com
Fact ~ In search of truth

सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्छः नेता सिंह

काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । वीर गणेशमानसिंह स्पोर्टस् समितिले आज यहाँ आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकूदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकूदको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

‘यस्ता प्रतियोगिताले खेलाडीलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत सहयोग पुग्नेछ,’ उनले भने । नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले ६ दशकसम्म निर्वाह गर्नुभएको भूमिका अनुकरणीय रहेको बताएका थिए ।

Batas

स्व सिंहले प्रजातन्त्र स्थापनासँगै प्रधानमन्त्री बन्न गरिएको अनुरोध अस्वीकार गरेर जनताबाट चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देश दिनु महत्वपूर्ण उपलब्धि रहेको र पदका लागि लुछाचुँडी भइरहेको वर्तमान अवस्थामा गणेशमानजस्तो त्यागी पुरुषबाट पाठ सिक्नुपर्नेमा उनले जोड दिएका छन् ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.