www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी जिल्ला प्रशासन कार्यालयमा अब टोकन प्रणाली

गलेश्वर

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली सुरु गरिएको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि टोकन प्रणाली सुरु गरिएको हो । प्रशासनमा सेवाग्राहीको चाप बढेपछि सेवाप्रवाहलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिएका छन् ।

सेवा लिनेलाई सहज बनाउन ३ वटा ठाउँबाट दिने सेवा एकै ठाउँबाट सेवाग्राहीलाई लिने व्यवस्था मिलाएको प्रजिअ रानाले बताए । सेवाग्राहीको सहजताका लागि सहायता कक्ष राखेको छ । सहायता कक्षबाट प्रशासनमा पुगेका सेवाग्राहीको आवश्यक कागजपत्र र प्रक्रिया पुगे नपुगेको परिक्षण गरेपछि टोकन दिने नियम रहेको प्रशासनले जनाएको छ ।

Batas

दसैंतिहारको अवसरमा पढाइ र रोजगारको लागि काठमाडौँ, पोखरा र प्रवासमा रहेका युवायुवती जिल्लामा फर्किएपछि बिदाको समयमा नागरिकता, पासपोर्ट र प्रतिलिपि बनाउन प्रशासनमा सेवाग्राहीको भिड छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.