www.tandavnews.com
Fact ~ In search of truth

पार्टीलाई एकताबद्ध बनाउनुपर्छः महासचिव ईश्वर पोखरेल

काठमाडौँ

नेकपा ‘एमाले’ का महासचिव ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । टोखा नगरकमिटीको प्रथम नगर आधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टी एकताबद्ध बनाउन सकेमात्र पार्टीले निर्वाचनमा जीत हासिल गर्ने बताएका छन् ।

जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने् भन्दै उनले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पुर्याउनुपर्नेमा जोड दिएका थिए । उनले राजनीतिमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

Batas

महासचिव पोखरेलले लोकतान्त्रिक अभ्यास अनुसार सर्वसम्मत् नेतृत्व चयन गर्न समेत आग्रह गरे । उनले नेतृत्व चयन गर्दा पार्टीको विधान अनुसार ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्व गराउनुपर्ने बताएका थिए ।

१० औँ राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज देशभर एमालेको स्थानीय तहको अधिवेशन गर्दै छ । एमालेले यही कात्तिक ६ गते वडा कमिटी अधिवेशन सम्पन्न गरेको छ । एमालेको आगामी मंसिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवशेन हुँदैछ ।
रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.