www.tandavnews.com
Fact ~ In search of truth

घाचोक वडा कमिटी ‘एमाले’ को अध्यक्षमा पोखरेल निर्विरोध चयन

पोखरा, ताण्डव न्यूज

नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ माछापुच्छ्रे- ३ घाचोक वडा कमिटीको अध्यक्षमा क्रान्तिरमण पोखरेल निर्विरोध चयन भएका छन् । यही ६ गते भएको वडा अधिवेशनमा नेतृत्वमा आकाँक्षीबीच सहमति नजुट्दा नेतृत्व चयन लम्बिएकामा आज सर्वसम्मत वडा कमिटी चयन गरिएको हो ।

वडा कमिटीको उपाध्यक्षमा चीनबहादुर नेपाली, सचिव रुद्र रानाभाट, सहसचिवद्धयमा दिनानाथ लम्साल र सन्तोष नेपाली चयन भएको एमालेका स्थानीय नेता दुर्गा घोरासैनीले जानकारी दिएका छन् । वडा कमिटीको नेतृत्वका लागि क्रान्तिरमणसहित गुणाखर दवाडी, राजेन्द्र पोखरेल, रविलाल पोखरेल, कमल भुजेल र लेखनाथ लम्सालले दावी गरेका थिए । नेतृत्वका आकांक्षीकाबीचमा ३ दिनदेखि लगातार सहमतिको प्रयास गरिएको थियो । वडा कमिटी ३० सदस्सीय रहेको बताइन्छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.