www.tandavnews.com
Fact ~ In search of truth

एमाले सरकार विरुद्ध लाग्ने ५ जना न्यायाधिशकै राजीनामा माग्नुस्ः ओली

पोखरा, ताण्डव न्यूज

पोखरा महानगर अधिवेशन पोखरामा जारी छ । देशभरका पालिकाहरुको महाधिवेशनको एकैसाथ पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुवल रुपमा उद्घाटन गरे ।

उद्घाटनपछि बोल्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरू र सभामुखको भूमिकाबारे विस्तारै नेपाली जनताले बुझ्दै गएको प्रतिक्रिया दिए । परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको ओलीको भनाई थियो । ‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान् ?’ अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनुपर्नेमा जोड दिँदै उनले अदालतमा तमासा देखाउन नहुने बताए ।

Batas

त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाको भूमिका प्रति गम्भीर प्रश्न उठाएका छन् । अध्यक्ष ओलीले सभामुख सापकोटा एमालेविरुद्ध लागेको र सोहीअनुसार गैर संवैधानिक भूमिका निभाएको आरोप लगाए ।

एमालेले आफ्ना ११ जना सांसदमाथि कारबाही गरेको जानकारी दिँदा पनि आफैँ न्यायाधीश बनेर सभामुख सापकोटाले निष्कासनको सूचना जारी नगरेको ओलीको भनाइ छ । सभामुख निष्पक्ष बन्न नसक्दा व्यवस्थापिका राम्रोसँग चल्न नसकेको भन्दै उनले विवादित व्यक्तिले राजीनामा दिनुपर्ने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.