www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौँ

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ७८.८२ अंकले उकालो लागेर २ हजार ७५१.०७ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.५० अंकले बढेर ५१६.०७ मा पुगेको छ । कूल २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १ सय २३ कित्ता शेयर रु ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४५.०१, व्यापार ८३.३६, होटल तथा पर्यटन २३२.२, विकास बैंक १८५.८३, जलविद्युत् १२३.५९, वित्त १३६.६६, निर्जीवन बीमा ३१७.५३, उत्पादन १७४.५५, अन्य ४४.८८, लघुवित्त ६८.३१, जीवन बीमा ४९९.९८, सामूहिक लगानी कोष ०.२१ र लगानी ३.९१ अंकले बढेको छ ।

Batas

कारोबारका आधारमा कामना सेवा विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४४ करोड ७४ लाख ५७ हजार ७४६ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु ३४ करोड ७८ लाख ७७ हजार, एनआइसी एशिया बैंक रु २४ करोड ५५ लाख १५ हजार ३६०, अरुण भ्याली हाइड्रोपावर रु १६ करोड ७३ लाख १८ हजार र अपि पावर कम्पनी रु १३ करोड ७० लाख ३६ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार विभिन्न ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा वेष्ट फाइनान्स कम्पनी, ङादी ग्रुप अफ पावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावरलगायत ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले उकालो लागेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै साना किसान विकास बैंक २, सानिमा बैंकको ऋणपत्र १.९६, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र १.९४, सिटिजन म्युचुअल फण्ड ०.९९ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ०.९७ प्रतिशतले गुमाए । मंगलबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५१ अर्ब ४६ करोड ७८ लाख ९९ हजार ३२ बराबर पुगेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.