www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्यमा गिरावट

काठमाडौँ

नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु ६ सयले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ ।

पहेँलो धातु मंगलबार प्रतितोला रु ९२ हजार ६ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५ सय रहने छ जसको मूल्य मंगलबार प्रतितोला रु ९२ हजार १ सय तोकिएको थियो ।

Batas

त्यस्तै महासंघका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु १ हजार २ सय ५० कायम भएको छ । चाँदी मंगलबार प्रतितोला रु १ हजार २ सय ६५ मा कारोबार भएको थियो । महासंघले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.