www.tandavnews.com
Fact ~ In search of truth

किन मैले विद्यार्थी राजनीति छोडें ?

विवेक त्रिपाठी

किन मैले बिद्यार्थी राजनीति छोडे ? भन्ने प्रश्नको उत्तर म आफैंमा स्पष्ट छु । नेपाली राजनीतिको मूलधारमा प्रवेश गर्न कास्की, कास्कीकोट वडा नम्बर २४ प्रतिनिधि गर्दै जिल्लाको नेकपा एमालेमा अध्यक्ष पदको उम्मेदवार दिँदै छु ।

एमालेको पार्टी सदस्य लिएको १० वर्ष भएछ । र म एक हिसाबले पार्टीको तर्फबाट राजनीति दायित्व सम्हाल्न योग्य भएको छु । विद्यार्थी राजनीतिमा बिताएको १५ वर्ष मेरा लागि ठूलो शिक्षाको पाटो बन्यो । किन म राजनीतिमा प्रवेश गरे भन्ने प्रश्नको उत्तर दिँदै गर्दा मैले इमानदारपूर्वक यसको जवाफ दिनुपर्छ । म पनि शक्तिको पुजारी थिए । राजनीतिले सरकारनै परिवर्तन गर्न सक्दो रैछ भन्ने कुरा मैले मेरै आँगनमा देखेको थिए । पन्चायतको अन्त्यको कुरा घरमा दैनिक हुने गर्दथ्यो । वास्तवमै राजनीति शक्ति रहेछ आज पनि महसुस गर्दैछु । मेरो आदरणीय बुबा पुजारी भइकन पनि कसरी कम्युनिस्ट पार्टीको सदस्य हुनुभयो भन्ने कुराको जिज्ञासा मैले अहिलेसम्म घरमा राखेको छैन । एक धार्मिक मान्छे कसरी कम्युनिस्ट हुन सक्छ । यसरी म जन्मकै आदर कम्युनिस्ट बने ।

Batas

राजनीतिक पार्टीको आधार सही छैन भने वा राजनीतिमा नैतिकता छैन भने त्यो राजनीतिक पार्टी होइन । यो सत्ता कब्जा गर्ने षड्यन्त्र मात्र हो । मैले यसरी बुझे ।

यो समय खुल्ला लडाइँको हो या समाजको क्रान्तिकारी पुनर्गठनकोः कार्ल माक्स । १५ वर्ष अगाडि हाम्रो घर कास्कीकोटबाट पोखरा आउन कच्चीबाटोमा केहीमात्र गाडी चल्थ्यो, भाडा रु ६० लाग्थ्यो । तर आफूभित्र अथाह राजनीति जलनले म देउरालीको ओराली डरलाग्दो जंगलको बाटो पार गरेर विद्यार्थी सहुलियत रु १० मा हेम्जा झरेर पोखरा पुग्थे । यसरी मेरो आर्थिक अवस्था के थियो भन्ने प्रष्ट हुन्थ्थो । पोखरा पुग्नु मेरो अभिप्राय मात्र स्ववियुमा सहभागी हुन्थ्यो । मलाई के स्पष्ट थाहा थियो कि एक जुगमा एक दिन उलटपुलट आउँछ कार्ल माक्र्सले भनेझै ।

मलाई प्यारो लाग्छ मेरो गाउँ कास्कीकोट र नेपाल । जातीय छुवाछूत, चरम आर्थिक अभाव, अशिक्षा प्रत्यक्ष मैले देख्दै भोग्दै हुर्केको हुँ । सानैदेखिनै वर्गीय चेतना यो समाजले मेरो मगजमा हुर्काएको थियो । यो राजनीतिको निम्ति मलाई अग्रसर बनाउने कुरा थियो । थाह छ मलाई राजनीति फरक छ, भोटको निम्ति हामी कतिसम्म तल झर्छौ भन्ने कुरा आम निर्वाचनले देखाएकै छ । एक असल राजनीतिज्ञको लक्ष्य र दृष्टि, र आयाम सम्झौताकै निम्ति हुनुपर्छ । यो मेरो राजनीति विचार हो । बाइसेचौबीसे राज्यको पालामा सशक्त राज्यको रुपमा कास्कीकोट पनि उभिएको थियो । नेपालको एकीकरण कास्की नेपालमा गाभियो, त्यो पनि एक सम्झौता थियो । कास्कीकोट नेपाल एकीकरणमात्र नभएर कम्युनिस्ट आन्दोलनको जगको रुपमा रहेकाले मेरा लागि दुवै घटना बाटो जस्तै प्रष्ट छ ।

तत्कालीन माओवादी जनविद्रोहबाट मभित्र एक प्रश्न जन्मिएको थियो, के साँच्चिनै बन्दुकको नालबाटै मुक्ति सम्भव छ । यसको उत्तरमा, म एक राम्रो राजनीतिज्ञ तब हुनेछु, मलाई यो कुरा स्पष्ट हुनुपर्छ कि जनताको निम्ति दिलोज्यान दिन तयार हुनुपर्छ । किनभने राजनीतिमा हरेक कुरा हुन सक्छ । विद्रोह पनि सत्यको निम्ति हुनुपर्छ ।

यहाँ गाउँमा प्रत्येक बिहान चिया पसलमा एक हुल मान्छे जम्मा भएर चियासँगै राजनैतिक गफ सुरु गरेका हुन्छन्, जहाँ केन्द्रीय राजनीतिको प्रत्यक्ष प्रभावको कुराकानी सुन्दा मलाई लाग्थ्यो कि देशको बागडोर यहीँबाट चल्छ । तर बुझ्दै जाँदा त्यस्तो रहेनछ । हामी सामान्य मान्छेहरुको पहुँच अझैसम्म पनि नेतृत्वसम्म पुग्ने कुरा ठूलो कठिनाईको कुरा रहेछ । जुन कुराले मैले बुझेको लोकतन्त्र व्यवहारमा देखेको नै छैन् भन्ने अनुभूति गराइरहेको छ । यसरी कुनै राजनीतिक पार्टीको आधार सही छैन भने वा राजनीतिमा नैतिकता छैन भने त्यो राजनीतिक पार्टी होइन । यो सत्ता कब्जा गर्ने षड्यन्त्र मात्र हो । मैले यसरी बुझे ।

प्रजातन्त्र त आयो तर प्रजातान्त्रिक संस्कार विकास हुन सकेन, जस्ले गर्दा बेलाबेलामा प्रजातन्त्र माथिनै प्रश्न खडा हुने गरेको छ । यसरी राजनीति लगभग युद्धको रूपमा रोमाञ्चक नै छ, र धेरै खतरनाकको रूपमा पनि । यदि युद्ध भयो भने युद्धमा तपाई एकपटक हार्दा फेरि उठ्न गा¥हो हुन्छ तर तपाइँ राजनीतिमा पटकपटक हारेर पनि बाजी मार्न सक्नु हुन्छ । त्यसैले राजनीतिको हृदय विशाल छ । मैले अहिले माओवादी जनयुद्ध लडेको होइन, मैले लड्न खोजेको मुद्दामा राजनीतिमा युवा सोचको हावी हुनुपर्छ, जसले जनताको आधारभूत आवश्यकतादेखि देशको सुरक्षा र लोकतान्त्रिक मान्यतामा आधारित होस् । त्यसैले म नेपाली राजनीतिको मूलधारमा आउन एमाले कास्की जिल्लाको अध्यक्ष पदमा उम्मेदवारी दिँदैछु, सबै युवा मनहरुको प्रतिनिधित्व गर्दै ।

लेखक विगत १ दशकदेखि एमालेको पार्टी सदस्यको रुपमा कार्यरत छन् भने राष्ट्रिय युवा संजालका पूर्व केन्द्रीय अध्यक्षसमेत हुन्

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.