www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घन्टामा गण्डकीमा थप ५५ जना संक्रमित

पोखरा, ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा ५५ जनाको कोभिड रिपोर्ट पोजेटिभ आएको छ । आज गण्डकीमा ५ सय ९३ जनामा कोभिड परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपूर पूर्व ९, स्याङ्जा ५, बागलुङ २, कास्की २४, पर्वत २, लमजुङ १ र म्याग्दी १२ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ ।

Batas

पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका २६ जना निको भएर घर फर्किएका छन् । त्यस्तै ३ सय २७ जना होम आइसोलेसनमा रहेका छन् । भने ४ सय ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आज गण्डकीमा मृत्यु शून्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.