www.tandavnews.com
Fact ~ In search of truth

प्रशिक्षक अल्मुताइरी गरे एन्फासँग ३ वर्षको सम्झौता

अल्मुताइरी थप ३ वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहने

काठमाडौँ

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ ‘एन्फा’ सँग ३ वर्ष सम्झौता थप गरेका छन् ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप ३ वर्षका लागि सम्झौता गरेको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले राससलाई जानकारी दिएका छन् ।

Batas

माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याएका अल्मुताइरी त्यतैबाट कुवेत फर्किएका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताएका थिए ।

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । मुख्य प्रशिक्षक अल्मुताइरीले ३ वर्ष नेपालको प्रशिक्षक रहन आफू सहमत भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन् । उनले छिट्टै आगामी २ वर्षको लक्ष्य र योजना प्रस्तुत गर्ने पनि सामाजिक सञ्जालमार्फत उल्लेख गरेका हुन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.