www.tandavnews.com
Fact ~ In search of truth

मुलुकभर पछिल्लो २४ घन्टामा ६ सय ७२ संक्रमित

काठमाडौँ

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ६ सय ७२ मा संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकमा ९ हजार ४ सय ९५ मा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार ३ सय ७५ रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८९ हजार १ सय २५ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

Batas

यसैगरी आज कोरोना संक्रमणबाट ८ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ३ सय ८० को निधन भएको छ । त्यस्तै पछिल्लो समय ७७ हजार २ सय ७ ले खोप लगाएका छन् । हाल मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.