www.tandavnews.com
Fact ~ In search of truth

चाडबाडमा माग्नकै लागि भारतबाट नेपाल, निरुत्साही पार्दै प्रहरी

वीरगञ्ज ।

विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

हाल वीरगञ्ज बजार आसपास क्षेत्रमा करिब १०० को सङ्ख्यामा विभिन्न उमेर समूहका भारतबाट आएका मागन्ते छन् । विभिन्न बालबालिकादेखि वृद्धवृद्धासम्मको उमेर समूहका भारतीय मगन्ते सक्रिय छन् । विभिन्न भेषमा शारीरिकरुपमा अशक्त देखिने गरी नक्कली मगन्तेले सर्वसाधारणलाई दुःख दिन थालेपछि यस्तालाई निरुत्साहित पार्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Batas

विशेष गरी चाडबाड लक्षित गरी भारतीय बजारबाट यस्ता मगन्ते हरेक वर्ष वीरगञ्ज आउने गर्दछन् । मगन्तेलाई सार्वजनिकस्थलमा सर्वसाधारणलाई पैसा माग गरी दुःख दिने प्रवृत्ति बढ्दै गएपछि प्रहरीले निरुत्साहित गर्न यस्तो अभियान चलाएको हो ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.