www.tandavnews.com
Fact ~ In search of truth

आज दिउँसो २ बजे बस्दैछ प्रतिनिधि सभा बैठक

काठमाण्डौँ ।

प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यसअघि कात्तिक ९ गतेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै आजलाई सारिएको हो । प्रतिनिधि सभाको अघिल्लो बैठक असोज २२ गते बसेको थियो।

Batas

गत भदौ २३ देखि बसेको संसद् बैठकले प्रमुख प्रतिपक्षी एमालेको नाराबाजी कै बीच पनि सदनको काम अघि बढाउँदै आएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.