www.tandavnews.com
Fact ~ In search of truth

आजको मौसमः फाट्टफुट्ट पानी, हल्का हिमपात

पोखरा ।

आज पहाडी भेगका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले पानी पार्ने प्रणाली सक्रिय नभएकाले ठूलो पानी पर्ने सम्भावना भने कतैपनि नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिईन् ।

उनका अनुसार उच्च पहाडी तथा हिमाली भेगका एक दुई ठाउँमा आज हल्का हिमपात पनि हुनेछ । पहाडी भेगका एकदुई ठाउँमा फाट्टफुट्ट वर्षासँगै हल्का हिमपात हुने भएकाले खेती र यात्रा गर्दा ख्याल गर्न उहाँले आग्रह गरिन् । आज दिउँसो देशभर कतै घाम लाग्ने र कतै बादल लाग्ने पनि मौसमविद् मानन्धरको भनाइ छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.