www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंको सिनामंगलमा टिपरको ठक्करबाट पठाओ राईडरको मृत्यु

काठमाण्डौँ ।

काठमाडौंको सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

गएराति बा ४ ख ८७२५ नम्बरको टिपरले बागमती प्रदेश ०२०३० प ९५४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पर्साका २६ वर्षका सुनिल प्रसाद महतोको मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । दुर्घटनापछि घाइते भएका महतोको उपचारको क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो । उनी पठाओ राइडर भएको प्रहरीले जनाएको छ ।

Batas

दुर्घटनामा घाइते भएका ललितपुर टिकाथली बस्दै आएका रामेछापका ३० वर्षका अम्बर बहादुर पहरीको उपचार भइरहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.