www.tandavnews.com
Fact ~ In search of truth

‘माडीको विकासका लागि अरुलाई भन्दा मलाई बढी चिन्ता र चासो छ’ : अध्यक्ष दाहाल

चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरुलाई भन्दा आफूलाई बढी चिन्ता र चासो रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए । माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ ।

उनले भने, “ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा म छु ।” फरक प्रसङ्गमा उनले सुकुम्वासी समस्या छिट्टै समाधान हुने बताए । उनले सुकुम्वासीको समस्या समाधान गर्नेतर्फ सरकार लागेको बताए । माडीको बाँदरझुला सुकुम्वासी बस्ती हो । दाहालले भने , “मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई भनिसकेको छु, ठोस कार्य योजना बनाएर लालपूर्जा वितरण गर्नुहोस् ।”

Batas

उनले आफूले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताए । दाहालले रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीमा पक्की पुल र सडक कालोपत्रेको काम धमाधम भइरहेको भन्दै सुकुम्वासी बस्ती हनुमानझुलामा बिजुली बत्ती विस्तारका लागि काम गरिरहेको बताए ।

सो अवसरमा दाहालले स्थानीय ज्येष्ठ नागरिकलाई नागरिकता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणि पौडेल, प्रमुख जिल्ला अधिकारी आसमान तामाङलगायत बाँदरझुलामा नागरिकता र लालपूर्जाको समस्या समाधान गर्न दाहालसँग आग्रह गरे ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.