www.tandavnews.com
Fact ~ In search of truth

वाग्मती प्रदेशः मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ

पाण्डेले आजै ३ मन्त्री नियुक्त गर्दै ४ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्

वाग्मती

वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा ‘एकीकृत समाजवादी का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उनले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेले आजै ३ मन्त्री नियुक्त गर्दै ४ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

Batas

उनले नेकपा ‘माओवादी’ केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा ‘एस’ का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.