www.tandavnews.com
Fact ~ In search of truth

विदेशमा बसेका युवाले उठाएको चन्दाबाट बागलुङको गलकोटमा पुस्तकालय पुनःनिर्माण

बलेवा

विदेशमा बसेका युवाले उठाएको चन्दाबाट बागलुङको गलकोटमा पुस्तकालय बनाइएको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित सहीद थिरबम मल्ल पुस्तकालय चन्दाबाट पुनःनिर्माण गरिएको हो ।

जापानमा काम गर्न गएका युवाले सहयोग संकलन गरेर पठाएपछि जीर्ण भवन भत्काएर पुनःनिर्माण गरिएको वडाध्यक्ष नारायणध्वज मल्ल्ले बताए । पुस्तकालयसँगै युवाले अन्य भौतिक संरचना, उपकरण र स्वास्थ्य सेवाका लागि पनि रकम सहयोग गरेका छन् । गलकोट समाज जापानका युवाले संकलन गरेको रु ६५ लाखसहित स्थानीयसमेतको सहयोगमा रु १ करोडको लागतमा उक्त ३ तले पुस्तकालय पुनःनिर्माण गरिएको हो ।

Batas

हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रसँग जोडिएको सो पुस्तकालय ऐतिहासिक हो । विसं २००७ मा सहीद भएका थिरबम मल्लको स्मृतिमा भरतबम र देवी चैतन्यले स्थापना गरेको सो पुस्तकालयमा ऐतिहासिक पुस्तक रहेका छन् । पुस्तकालय इतिहासको साछी भएको स्थानीय बताउँछन् । यहाँ इतिहास, भूगोल र विभिन्न जातजातिको संस्कृति बारेका किताब छन् । भवनको पहिलो तलामा आँखा उपचार केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा सभाहल बनाइएको छ ।

नगरपालिका र वडाले इतिहासको गन्तव्य पुस्तकालयका रुपमा विकास गर्न थप सामग्री र इतिहासका अन्य दस्तावेज संकलनको कामसमेत गरेको छ । गलकोटस्थित तत्कालीन मल्ल राजाको दरबार, त्यहाँको इतिहासबारे बुझ्न पुस्तकालयमा आवश्यक सामग्री राखिएको देवी बोहोराले बताए । उक्त पुस्तकालयमा अन्य संरचना, प्रशासकीय कक्ष र पुरातात्विक महत्वका सामानसमेत राखिनेछ । भवन जीर्ण भएर उपकरण र पुस्तक हराउन थालेपछि लामो समयसम्म भाडामा घर लिनुपरेको थियो । पुस्तकालय बनेपछि दैनिक अध्ययन गर्न जानेको संख्या बढेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.