www.tandavnews.com
Fact ~ In search of truth

महँगो रकममा नेपाल भित्रियो हिन्दी चलचित्र ‘सूर्यवंशी’

पोखरा, ताण्डव न्यूज

देशभरका हल सञ्चालनमा आए पनि केही नेपाली र हलिउड चलचित्रले दर्शकलाई हलसम्म तान्न नसकेको अवस्थामा यतिबेला धेरैको ध्यान बलिउड चलचित्र ‘सूर्यवंशी’ माथि रहेको छ ।

सूर्यवंशी नोभेम्बर ५ बाट बजारमा रिलिज हुँदैछ । नेपालमा यो चलचित्र रिलिज हुन्छ या हुँदैन भन्ने अन्यौल कायमै रहेको बेला चलचित्रलाई वितरक मनोज राठी र उनको टिमले नेपाल भित्राएको छ । यो चलचित्रका लागि वितरकले १ करोडभन्दा बढी नेपाली रुपैयाँ खर्च गरेको छ ।

Batas

रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका छ । चलचित्रमा नायकद्धय अजय देवगण र रणवीर सिंहको केमियो भूमिका छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.