www.tandavnews.com
Fact ~ In search of truth

मानवसेवा आश्रमको वृहत् देउसीभैलो कार्यक्रम

पोखरा, ताण्डव न्यूज

मानवसेवा आश्रमले पोखरामा वृहत सांस्कृतिक देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्कृतिको संरक्षणसँगै मानवता प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

महान् पर्व तिहारको पूर्व सन्ध्यामा कात्तिक १६ गते, मंगलबार कार्यक्रम गर्न लागिएको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमल्सिनाले जानकारी गराए । पोखरा सभागृहमा हुने कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, लोक गायक पशुपती शर्मा, भजन गायक चिरन बराल, आश्रमको संरक्षणमा रहेका आशाका दीपक बालगोपाल, सानासाना बाबुनानीसहित आश्रमका अभियन्ताहरु र बालगोपालहरुको प्रस्तुती रहने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Batas

हाल पोखरा– १७, छोरेपाटनमा भाडामा सञ्चालन भइरहेको मानवसेवा आश्रम पोखरा शाखालाई घरभाडाबाट मुक्त गराई अपांगतामैत्री, बालमैत्री भवनका लागि पोखरा– २५, बबियातारामा निर्माण भइरहेको भवनलाई पूर्णतातर्फ लैजान उक्त कार्यक्रम आयोजना हुन लागेको हो । यसै कार्यक्रममार्फत हालसम्म मानवसेवा आश्रमले गरेका कार्यहरुको जानकारीसमेत गराइएको थियो ।

मकवानपुर जिल्लाबाट विसं २०६९ सालमा सुरुवात भएको आश्रमले हालसम्म १७ जिल्लामा शाखा विस्तार गरेको छ । आजको दिनसम्म आश्रमले ६,१३५ जनाको उद्धार गरिसकेको विवरण छ । जसमध्ये हाल आश्रममा १,६०० बढी व्यक्तिहरु आश्रित छन्भ ने २,२०० बढीको पारिवारिक मिलनसमेत गराएको छ । यस्तै पोखरमा रहेका २ वटा सेवाकेन्द्रमा गरी ६८७ जना विभिन्न उमेर समूहका सहयोगापेक्षी ‘बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर’ सडकआश्रित मानवहरुको सेवा गरेको छ । त्यस्तै ४६७ जनाको पारिवारिक मिलन भएको छ भने ५२ जनाको आश्रममा सेवाको क्रममा शरीर शान्त भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.