www.tandavnews.com
Fact ~ In search of truth

बार एशोसिएसनले आज कालोपट्टी बाँधेर सर्वोच्चमा धर्ना दिँदै

काठमाण्डौँ
ताण्डव न्यूज ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि विभिन्न चरणका आन्दोलन गर्दैछन् । बारले आजदेखि आउँदो बुधबारसम्म विभिन्न चरणको आन्दोलन गर्न लागेको हो ।

बारका सदस्य खिमानन्द अधिकारीका अनुसार आज सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर धर्ना दिने, भोलि गेटमा धर्ना दिने, पर्सि कोणसभा गर्ने र बुधबार पनि आन्दोलनलाई निरन्तरता दिने तयारी छ । बुधबारसम्ममा प्रधानन्यायाधीश जबराको राजीनामा नआए फेरि बैठक बसेर थप आन्दोलन गर्ने उनको भनाइ छ ।

Batas

विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै, बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको छ । प्रधानन्याधीश जबरा भने राजीनामा नदिने अडानमा छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.