www.tandavnews.com
Fact ~ In search of truth

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, ६ को मृत्यु, कैयौँ घाइते

आदेन, सिन्ह्वा

यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी ६ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् । सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् ।

घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइ आएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन् ।

Batas

उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ यहाँको सेनाले जनाएको छ । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।
मारिब शहर यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । यहाँका अधिकारीहरुले उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको छ ।

तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.