www.tandavnews.com
Fact ~ In search of truth

मित्रमिलन पत्रकारिता पुरस्कारबाट पत्रकार कमल पौडेल ‘अथक’ पुरस्कृत

पोखरा, ताण्डव न्यूज

पोखरामा क्रियाशील पत्रकार कमल पौडेल अथक पुरस्कृत भएका छन् । उनी पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीद्वारा स्थापित मित्रमिलन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । सहकारीको आठौं वार्षिक साधारणसभाको अवसरमा पत्रकार अथकलाई नगद २५ हजार रुपैयाँ र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा पत्रकार अथकले सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा सक्रिय हुन हौषला मिलेको बताएका थिए । आफूले सम्मानमात्र ग्रहण नगर्ने र पेशाको धर्म पनि निर्वाह गर्ने उनले बताए । अथक २ दशकदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आइरहेका छन् । उनी हाल सराङकोट रेडियोमा स्टेशन इन्चार्जको रुपमा कार्यरत छन् । अथक नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषाद सदस्य पनि हुन् ।

Batas

यस्तै साधारणसभा उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लिका पोखरा शाखा प्रमुख नरेश पाण्डे मित्रमिलनले कोरोना महामारीमा पनि उत्कृष्ट कारोवार गर्न सफल भएकोमा खुशी लागेको बताए । सहकारीका सेयर सदस्यले बोनसमात्र लिन नहुने भन्दै उनले सबै कारोबार आफ्नै सहकारीमा गर्नुपर्ने र सहकारी कसरी चलेको छ भन्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सहकारी अभियानमा लागेका सहकारी नेताहरुले सहकारीलाई भरपर्दो, विश्वसनीय ढंगले सञ्चालनका लागि विशेष प्रकारले ध्यान दिनुपर्ने भन्दै पाण्डेले सहकारीलाई नेताले होइन नीतिले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले सहकारीले सामाजिक उत्तरदायित्वको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आइसिएफसी फाइनान्सका गण्डकी प्रदेश प्रमुख अनुप केसीले सहकारी फाइनान्स र बैंकभन्दा कम नहुने भन्दै देशको अर्थतन्त्रमा सहकारीको भूमिका निकै महत्वपूर्ण रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सहसचिव तथा सहकारीका सेयर सदस्य श्रीराम सिग्देलले मित्र मिलन सहकारीले कृषिलाई महत्व दिएर ऐतिहासिक र गौरवमय काम गरेको बताए । कार्यक्रममा उत्कृष्ट कर्मचारी अमृता मरासिनी, सुमित्रा बराल, उत्कृष्ट कारोवारी देवेन्द्र बराल र केशव कुमार बस्नेत, उत्कृष्ट बचतकर्ता सीता कुमारी अधिकारी, राम बराल र लक्ष्मणा बराल, सक्रिय शेयर सदस्य कृष्णराज भण्डारी, टंकप्रसाद खनाल र मीना अधिकारी लगायतलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

सरकारीका निवर्तमान अध्यक्ष भरत भट्टराईले २५ जनाबाट शुरु भएको सहकारीले छोटो समयमा उच्च सफलता हासिल गरेको बताए । सहकारीका कार्यकारी प्रमुख किरण अधिकारीले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए । उनक अनुसार सहकारीमा १२ सय भन्दा बढी सदस्य छन् । सहकारीको ३ करोड ८६ लाख चुक्ता पुँजी रहेको उनले बताए । संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विजय लम्सालले स्वागत, सचिव कुशल पौडेलले सञ्चालन र सात सिद्धान्त वाचन सदस्य रनिता थापाले गरेकी थिइन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.