www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौँ

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले बढेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.५० अंकले बढेर २ हजार ८३७.६१ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक परिसूचक सेन्सेटिभ ९.४६ अंकले बढेर ५३०.४६ मा पुगेको छ । कूल २३२ कम्पनकिो १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर रु ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ मूल्यमा खरिदबिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज बैंकिङ उपसमूहको शेयर मात्रै ओरालो लागेको छ ।

Batas

बैंकिङ उपसमूह २.९६ अंकले ओरालो लाग्दा व्यापार १८६.९२, होटल तथा पर्यटन १७८.२७, विकास बैंक ३३८.०२, जलविद्युत् १६६.३८, वित्त ९१.६८, निर्जीवन बीमा ६०३.०३, उत्पादन ३१०.५७, अन्य २.७, लघुवित्त २३०.८, सामूहिक लगानी कोष ०.२७ र लगानी २.९३ अंकले उकालो लागेको छ ।

कारोबार भएकामध्ये आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ५७ लाख १५ हजार २७२ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु २८ करोड ३ लाख १७ हजार ८५३, एभरेष्ट बैंक रु २७ करोड ७९ लाख २६ हजार ८६९, सिद्धार्थ बैंक रु २४ करोड ३५ लाख ६३ हजार २४८ र हिमालयन डिस्टिलरी रु २२ करोड ९३ लाख ९९ हजार ८८९ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् । आजको कारोबार पछि रु ३९ खर्ब ९२ अर्ब ६ करोड ४० लाख ३८ हजार ९७४ बराबरको बजार पूँजीकरण पुगेको छ ।

८ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार विभिन्न ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा युनाइडेट इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स, साहस ऊर्जा र रैराङ हाइड्रोपावर रहेका छन् । त्यस्तै कृषि विकास बैंक १.१२, आशा लघुवित्त ०.१३, एशियन लाइफ इन्स्योरेन्स ०.७७, बैंक अफ काठमाडौंका लगानीकर्ताले ०.८५ प्रतिशतले गुमाए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.