www.tandavnews.com
Fact ~ In search of truth

एलन बने ३ खर्ब डलर सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति

अमेजनका सिइयो बेजोसकोभन्दा मस्कको सम्पत्ति १ खर्ब ४ अर्ब डलर बढी

पाेखरा, ताण्डव न्यूज

विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सिईओ एलन मस्कको सम्पत्ति ३ खर्ब डलर नाघेको छ । यो सँगै मस्क ३ खर्ब डलर सम्पत्ति हुने विश्व इतिहासकै पहिलो व्यक्ति बनेका छन् ।

बिहिबार टेस्ला कम्पनीको शेयर मूल्यमा भएको तीब्र बढोत्तरीसँगै मस्कको सम्पत्ति एकैदिनमा १० अर्ब डलरले बढेर ३ खर्ब डलरको कोशेढुंगा पार गरेको हो । मस्कको सम्पत्ति ३ खर्ब डलर नाघेसँगै उनी विश्वको दोश्रो धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका सिइओ जेफ बेजोसभन्दा धनी बनेका छन् । जेफ बेजोसको कूल सम्पत्ति १ खर्ब ९९ अर्ब डलर रहेको छ । यस हिसाबले बेजोसभन्दा एलन मस्कको सम्पत्ति १ खर्ब ४ अर्ब डलर बढी छ ।

Batas

योसँगै मस्कको सम्पत्ति उनी आफैले स्थापना गरेको पे पल कम्पनी तथा नेटफ्लिक्सको कूल बजार मूल्य भन्दा पनि धेरै भएको छ । विश्लेषकहरुका अनुसार मस्क विश्व इतिहासमै १ ट्रिलियन डलर सम्पत्ति भएको पहिलो व्यक्ति बन्ने बाटोमा छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.