www.tandavnews.com
Fact ~ In search of truth

बेँसीशहर–चामे सडकः ज्यानको बाजी राखेर हिमालपारीको यात्रा

लमजुङ

बाँदर लड्ला जस्तो भिरको बीचमा बनाइएको सडकमाथि ठूलाठूला पहाड । तल मस्र्याङ्दी नदी । यी बीचमा ठूला चट्टान खोपेर बनाइएको साँघुरो सडक । आङ सिरिङ हुने भिर । यिनै भिर भएरै निर्माण गरिएको छ, हिमालपारीको जिल्ला मनाङ जाने बेँसीशहर–चामे सडक ।

साँघुरो कच्ची सडकमा सधैँ जोखिम मोलेर यात्रा गर्नुपर्ने हुन्छ । ठाउँ–ठाउँमा गएको पहिरोका कारण यात्रा झन कठिन बनेको छ । जोखिम मोलेरै लमजुङ मनाङ आवातजावत गर्न स्थानीयवासी बाध्य छन् । जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजना अनुरुप २०५१ सालमा सडक डिभिजन कार्यालय दमौलीले निमार्ण सुरु गरेको थियो ।

Batas

सडक निर्माणको जिम्मा २०५७ सालदेखि नेपाली सेनाले पाएको हो । सेनाले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । बेला बेलामा पहिराका कारण सडक भतिकँदा यात्रुले ज्यानको बाजी राखेर हिमालपारीको यात्रा गर्दै आएका छन् । सहज रुपमा यात्रा गर्न सकिएको छैन । हालसम्म सडक व्यवस्थित र कालोपत्र हुनसकेको छैन् ।

मनाङका स्थानीयवासी आशिष परियारले भने, ‘यस सडक हुँदै यात्रा गर्दा घर फर्किन सकिन्छ की सकिन्न भनेर डर लागिरहन्छ ।’ बाढीपहिराले बर्सेनि ठाउँ–ठाउँमा सडक छियाछिया बनाउदा जीर्ण बन्दै गएको छ । बेँसीशहर–चामे सडकको लम्बाइ ६५ किलोमिटर छ । लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर लामो दूरीको सडकमा मस्र्याङ्दी नदीबाट ३ सयदेखि १ हजार २०० फिटमाथि हुँदै सवारीसाधान गुड्छन् । यात्रा नसकिञ्जेलसम्मै यात्रु डराइडराई मनाङ पुग्ने गर्दछन् ।

‘विभिन्न ठाउँमा बेला–बेलामा पहिरो गइरहन्छ, पहिलाको भन्दा पनि बाटो बिग्रिदै गएको छ’, जीप चालक सोम मगरातिले भने, ‘कुन बेला के हुन्छ, हामी जस्ता सधैँ यही सडककमा सवारी गुडाउने चालकलाई डर रहन्छ ।’ बेँसीशहर चामे सडक स्तरोन्नतिका लागि सरकारले बर्सेनि करोडौँ रुपैयाँ खर्च गर्ने गरेको छ । उपलब्धि भने बालुवामा पानी हाले जस्तो भइरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.