www.tandavnews.com
Fact ~ In search of truth

२ लाख मात्रा खोप माल्दिभ्सबाट नेपाल आइपुग्यो

काठमाडौँ

माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको २ लाख १ हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ । उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.