www.tandavnews.com
Fact ~ In search of truth

पिसाब फेर्न भन्दै सडकको साइडमा जाने क्रममा भिरबाट लड्दा युवतीको मृत्यु

नवलपूर पूर्व, ताण्डव न्यूज

आज नवलपूर पूर्व विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको UP76SL 2510 नं को कारमा सवार ५ जना मध्य भारत उत्तर प्रदेश बस्ने वर्ष २७ को शान्ती श्री पिसाब फेर्न भनी सडकको ढिक साईडमा जाने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल खस्दा घाईते भएकी थिइन् ।

उनलाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त स्थानमा प्रहरी टोली खटी गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.