www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री मनाङेको सम्पत्ति विवरणः घर/गाडी छैन, बैंक ब्यालेन्स १० लाख, ऋण १ करोड ४० लाख

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नियुक्तीको २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपनि मन्त्री मनाङेले ४ महिनापछि सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका हुन् ।

सार्वजनिक विवरण अनुसार मन्त्री मनाङेको एभरेष्ट बैंक, पोखरामा १० लाख ४९ हजार ३ सय ३६ रुपैयाँ २१ पैसा छ । उक्त रकम सांसद एवं मन्त्री तलब भत्ताबाट प्राप्त भएको उल्लेख गरिएको छ ।

Batas

२०५४ सालमा बैदेशिक रोजगारीबाट १५ तोला र विसं २०७७ सालमा व्यापार व्यवसायबाट ७ तोला गरि २२ तोला सुन आफूसँग रहेको मन्त्री मनाङेले उल्लेख गरेका छन् । ०६८ सालमा ४५ तोला चाँदी व्यवसायबाट आर्जन गरेको र पैतृक सम्पत्तिमार्फत ८३ तोला मुगाको माला रहेको जनाइएको छ ।

विवरण अनुसार उनले ०७३ सालमा कर्म गुरुङबाट ४० लाख, ०७७ सालमा रमेश रानाबाट ४० लाख र ०७३ सालमा मनाङ फलफूल सप्लायर्सबाट लिएको ६० लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।

यस्तै टिका भण्डारीबाट लिएको २ करोड ३५ लाख रुपैयाँ ०७१ साल र टासी गुरुङबाट लिएको २ करोड ३५ लाख रुपैयाँ ०७२ सालमा तिरेको उल्लेख छ । मन्त्री मनाङेले व्यावसायिक लगानी अन्तर्गत संघर्ष गाई भैँसी प्रालिमा ४० प्रतिशत शेयर रहेको जनाएका छन् । जसमा २० भैँसी र ५ वटा गाई छन् ।

मनाङ प्रदेश सभा ‘ख’ बाट जितेका मनाङेले स्थायी ठेगाना काठमाडौँ महानगर वडा नं २९ र हाल बसोबास गरेको ठेगाना पोखरा महानगर वडा नं १४ काजीपोखरी उल्लेख गरेका छन् ।

पेश गरिएको अचल सम्पत्ति विवरणमा ‘घर विवरण’ खाली छ । उनले जग्गा भने अर्कैको नाममा बैनापट्टा गरेको खुलाएका छन् ।

मनाङेले पेश गरेको विवरणः

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.