www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोभिडबाट ज्यान गुमाउनेको संख्या ५० लाख नाघ्यो

पेरिस, एएफपी

कोभिड– १९ महामारीबाट विश्वभरमा ५० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब २ वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण विश्वभरी ५० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले मंगलबार जानकारी दिएको छ । ४० लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब ४ महिनापछि दिइएको जानकारीअनुसार कोरोना संक्रमणको कारण मृत्यु भएका व्यक्तिको संख्या ५० लाख नाघेको हो ।

विश्वका अरबौं मानिसहरुले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ । गत अक्टोबरको शुरुपछि करिब १ वर्षमा पहिलोपटक विश्वव्यापी रुपमा दैनिक मृत्युको संख्या ८ हजारभन्दा कम भएको छ ।

Batas

यद्यपी युरोपमा २ महिनायता पहिलोपटक कोभिड– १९ का संक्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी रहेको पत्रकार सम्मेलनमा बताएका छन् । रुसमा हाल संक्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतमा दैनिक १ हजारभन्दा बढी भएको मृत्यु हुँदै आएको छ । रुसमा कोरोना संक्रमणको कारण गत नोभेम्बर १ सम्ममा २ लाख ३९ हजार ६९३ जनाको मृत्यु भईसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.