www.tandavnews.com
Fact ~ In search of truth

अल्मुताइरी थप ३ वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहने

पोखरा, ताण्डव न्यूज

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ ‘एन्फा’ बीच नयाँ सम्झौता भएको छ । एन्फा र अल्मुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ । साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए ।

अल्मुताइरीले आज आफैले पत्रकार सम्मेलन गरेर ३ वर्षे सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए । उनी निकै खुशी र उत्साही पनि देखिन्थे । अल्मुताइरी नेपालका सबैभन्दा सफल फुटबल प्रशिक्षक हुन् । अलमुताइरीले टोलीको प्रदर्शनमा मात्र ध्यान दिएको र अरू कुरामा आफूले समय नखर्चेको बताए । मंगलबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

Batas

‘म नेपाली समर्थकलाई खुसी बनाउन चाहन्छु । त्यसको लागि टोलीमा रहेर खेलाडीलाई उत्कृष्ट प्रदर्शन गराउनु हो । त्योबाहेक अरू कुरामा मैले ध्यान दिएको छैन,’ अल्मुताइरीले भने । यसअघि, कतार फुटबल एसोसिएनसबाट नेपाल आएका मुख्य प्रशिक्षक अल्मुताइरीको सम्झौता सन् २०२२ सेप्टेम्बरसम्म थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.