www.tandavnews.com
Fact ~ In search of truth

आज नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौँ

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.७६ अंकले बढेर २ हजार ८४३.६२ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८४ अंकले बढेर ५३१.४२ मा पुगेको छ । कूल २३० कम्पनकिो ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर रु ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ मूल्यमा खरिदबिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख ५० हजारको हाराहारीमा पुगेको छ ।

Batas

कारोबार भएका १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.२३, व्यापार ६९ र लगानी ०.१५ अंकले घटेको छ । होटल तथा पर्यटन ४१.७३, विकास बैंक १९१.३३, जलविद्युत् ४८.१५, वित्त ४८.१२, निर्जीवन बीमा १६४.९९, उत्पादन २९.१७, अन्य ७२.०५, लघुवित्त ०.७९, जीवन बीमा १६०.८१ र सामूहिक लगानी कोष ०.०२ अंकले बढेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४६ करोड ९७ लाख २३ हजार ४१५ बराबरको कारोबार भयो । यस्तै, कामना सेवा विकास बैंक रु २२ करोड १६ लाख ८० हजार ९९६, नेपाल पुनरबीमा कम्पनी रु २१ करोड ३४ लाख ८ हजार ४०६, नबिल बैंक रु २१ करोड १७ लाख ८६ हजार ५४० र लुम्बिनी विकास बैंक रु २० करोड ७४ लाख ६९ हजार ८२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार साहस ऊर्जा ९.९९, गुडविल फाइनान्स ९.१६, नेपाल पुनरबीमा कम्पनी ८.६८, कालिका पावर कम्पनी ८.२८ र रिडी हाइड्रोपावरका लगानीकर्ताले ८.२५ प्रतिशतले कमाए । त्यस्तै, विशाल बजार कम्पनी २.९५, नेपाल बंगलादेश बैंक २.७५, आरएमडिसी लघुवित्त २.६६, सामुदायिक लघुवित्त २.४२ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २ं.१३ प्रतिशतले गुमाए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.