www.tandavnews.com
Fact ~ In search of truth

एमाले महाधिवेशनः मतदानका १ सय विद्युतीय उपकरण प्रयोग गरिने

चितवन

नेकपा ‘एमाले’ को १० औँ महाधिवेशनले विद्युतीय उपकरणमार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरणमार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिएका छन् । यसबाट ३ घण्टाभित्रमा नतिजा आउने छ । उनले भने, ‘मतदानपछि प्रिन्ट गर्यो भने ३ घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्योभन्दा अघिनै नतिजा आउँछ ।’

Batas

विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताए । सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ । यसमध्ये १५ पदाधिकारी छन् । उनका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सात सचिव रहने व्यवस्था छ ।

महाधिवेशनमा अहिलेसम्मका अवस्थामा २ हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ । महाधिवेशनमा ५ लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने पार्टीले जनाइएको छ ।

सौराहामा करिब ३ हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा यहाँ सारिएको हो । महाधिवेशन आगामी मंसिर १० गते देखि १२ गतेसम्म हुँदैछ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.