www.tandavnews.com
Fact ~ In search of truth

आउँदो सातादेखि बन्द हुँदै ‘मुन्द्रेको कमेडी क्लब’

काठमाडौं, ताण्डव न्यूज

हाँस्य कलाकार जीतु नेपालले संचालन गर्दै आएको कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । जीतु आफैले शो बन्द गर्न लागेका हुन् ।
जितुले यो शो बन्द भएपछि आफूले केही समय विश्राम लिने र नयाँ शो दर्शकमाझ ल्याउने जानकारी दिए । यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होस्ट बन्ने पक्का भएसँगै जितुले यो शो बन्द गर्ने निर्णय गरेका हुन् ।

एउटै फर्म्याटमा लामो समयदेखि कार्यक्रम चल्दै आएकोले दर्शकलाई मोनोटोनस हुन सक्ने देखेर बन्द गर्न लागेको जीतु नेपालले बताए । टेलिफिल्म जस्तो लामो समय तन्काउनु उपयुक्त नदेखेर पनि शो बन्द गर्न लागेको जीतुको भनाइ छ ।

Batas

प्रत्येक सोमबार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शोमा करिश्मा मानन्धर, राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति रहदै आएको छ । ‘मुन्द्रेको कमेडी क्लब’का संचालक तथा निर्माता जीतु नेपाल नै रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.