www.tandavnews.com
Fact ~ In search of truth

कोभिड नेपालः ३ सय ९५ जना नयाँ संक्रमित थपिए, ७ जनाको मृत्यु

काठमाडौं, स्वास्थ्य जनसंख्या मन्त्रालय

पछिल्लो २४ घण्टामा ३९५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६ हजार ५७७ जनामा आरटिपिसिआर परीक्षण गरिएकोमा ३९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, ३ हजार ३३६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ५२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४३९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।

Batas

त्यस्तै नेपालमा हाल ९ हजार १२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ७० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.