www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित

लण्डन ।

बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन् ।

Batas

कोरोनाभाइरसका कारण बेलायतमा पछिल्लो एक दिनमा २१७ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या एक लाख ४१ हजार १८१ पुगेको छ ।

सरकारी अधिकारीका अनुसार बेलायतमा अहिले पनि नौ हजार ५१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका बिरामी अस्पतालमै रहेका छन् ।

रासस/सिन्ह्वा
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.