www.tandavnews.com
Fact ~ In search of truth

सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा  ९० भन्दा बढीको मृत्यु

एजेन्सी

इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गरेका छन् ।

उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु ८८ जनाको उपचार भइरहेको पनि जानकारी दिए । उनका अनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् ।

Batas

अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि ९० भन्दाबढीको मृत्यु भएको जनाएका छन् । घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.