www.tandavnews.com
Fact ~ In search of truth

नयाँ दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाउन आग्रह

सिन्ह्वा

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन् । भारतका स्वास्थ्य अधिकारीहरूले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले सतर्क रहन आह्वान गरेको हो ।

उनीहरूका अनुसार शनिबारमात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ । उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरूले गएको २ सातामा यहाँ ७९ जनामा यो भाइरस देखिएको छ ।

Batas

दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि जिका भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए । उनले यहाँका सबै सरकारी अस्पतालमा यो भाइरसका संक्रमितको उपचार व्यवस्था गरिएको जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.