www.tandavnews.com
Fact ~ In search of truth

नेप्से परिसूचक आज दोहोरो अंकले घट्यो

काठमाडौँ

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले ओरालो लागेको छ । दिपावलीको विदापछि खुलेको बजारमा नेप्से परिसूचक भने राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अंकले घटेर २ हजार ८२९.६४ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा ओर्लेको छ ।

कारोबार रकम पनि खासै बढेको छैन । कूल २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर रु ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७९ अर्ब ७ करोड ६६ लाख १० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार ३ उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त २१, सामूहिक लगानी कोष ०.०८ र लगानी उपसमूह ०.६३ अंकले बढेको छ ।

Batas

त्यस्तै, बैंकिङ १९.९६, व्यापार १४.७६, होटल तथा पर्यटन २९.६५, विकास बैंक ७०.०५, जलविद्युत् १३.०२, निर्जीवन बीमा १३७.३७, उत्पादन २९.३६, अन्य २३.१२, लघुवित्त ५५.३५ र जीवन बीमा १००.०४ अंकले घटेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ५२ करोड १० लाख ३ हजार ५९० बराबरको कारोबार भयो । त्यस्तै, नबिल बैंक रु ३० करोड ३३ लाख २९ हजार, आइसिएफसी फाइनान्स रु २२ करोड ४० लाख ८१ हजार ५२१, नेशनल हाइड्रोपावर रु १५ करोड ४१ लाख ५८ हजार र युनाइटेड मोदी हाइड्रोपावर रु १४ करोड ८ लाख ४० हजार ४२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आइसिएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए । उता, सपोर्ट माइक्रोफाइनान्स ७.९६, पाँचथर पावर ४.९५, कालिका पावर ४.७०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३० र जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतले गुमाए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.