www.tandavnews.com
Fact ~ In search of truth

दसैँ/तिहारमा कास्की प्रहरीकाे स्पेशल अपरेसन: ७४ जुवाडे पक्राउ परे, साढे २१ लाख बढी नगद बरामद

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज ।

दसैँ र तिहार गरी एक महिनाको अवधिमा कास्कीका विभिन्न ठाउँमा जुवातास खेल्ने ७४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका ७४ जनाको साथबाट २१ लाख ५७ हजार ३ सय ८५ रुपैया समेत प्रहरीले बरामद गरेको छ ।

दसैँ र तिहारमा जुवातास नियन्त्रणको गर्न विशेष अभियान सञ्चालन गरी कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी सुवास हमालले ताण्डव न्यूजलाई जानकारी दिए । उनका अनुसार असोज १७ गतेदेखि कार्तिक १७ गतेसम्मको अवधिमा कूल १० वटा मुद्धा प्रहरीले दर्ता गरेको छ ।

Batas

असोज १७ गते पोखराको लामाचौरबाट ९ जनालाई पक्राउ गरेको थियो । उक्त ठाउँबाट ४५ हजार ७ सय ५० रुपैयाँ बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । त्यस्तै असोज १७ गते पनि पोखरा १९ स्थित गैरिखोरमा तास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको थियो । उक्त स्थानबाट ३४ हजार २ सय ७५ रुपैयाँ बरामद गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै गत असोज १९ गते पोखरा ११ फुलबारीस्थित धरहरामार्गबाट ६ जना पक्राउ परेका थिए । सो स्थानबाट ९६ हजार ४सय ६० रुपैयाँ बरामद गरिएएको थियो भने सोही दिन पोखरा १५ लक्ष्मीटोलमा पक्राउ परेका ८जनाको साथबाट ३२ हजार ६ सय र पोखरा २५ हेम्जाबाट ७ जनाको साथबाट ३७ हजार ७ सय ६५ रुपैँया बरामद गरिएको प्रवक्ता हमालले बताए ।

असोज २० गते पोखरा ८ सिमलचौरमा जुवा खेल्दै गरेका ८ जना पक्राउ परे । उनीहरुको साथबाट नगद एक लाख ७६ हजार ४५ रुपैँया बरामद गरिएको थियो भने गत कार्तिक १० गते पोखरा महानगरपालिका वडा नं.१४ बाट ७ जना पक्राउ गरी ८८ हजार ९ सय २५ रुपैयाँ बरामद गरिएको छ ।

त्यस्तै कार्तिक १४ गते पोखरा महानगरपालिका वडा न २२ स्तुपा पार्किङमा जुवा खेल्दै गरेका ३ जना सहित ३३ हजार ५०० र पोखरा १४ चाउथेबाट ६ जना पक्राउ गरी एक लाख ५६ हजार ३ सय ९५ रुपैयाँ बरामद गरेको छ । त्यस्तै कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ तातोपानीबाट ११ जनाको साथबाट १५ लाख २४ हजार ७० रुपैयाँ बरामद गरिएको डिएसपी हमालले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.